पुवाखोला अपडेटः निर्माणाधिन पुुलका कारण पुुरानो पुुल संकटमा, तरकारी संकलन केन्द्र जोखिममा

इलाम, २ जेठ: सोमबार दिउसो परेको अविरल झरी सहित आएको भेलका कारण मेची राजमार्ग अन्तर्गत पुुवाखोलामा रहेको पक्की पुल संकटमा परेको छ । निर्माणाधिन नयाँ पुुलमा पानी थुनिएर दायाँतर्फ भेल मोडिँदा पुुल संकटमा परेको छ भने सोही स्थान नजिकै रहेको तरकारी संकलन केन्द्रको भवन भत्किएको स्थानियले जानकारी दिएका छन् । इलाम नगरपालिका चारमा रहेको सो पुुल संकटमा पर्दा पुुवा पश्चिमसहित पाँचथर ताप्लेजुङका जनतामा निराशा छाएको छ । पुुरानो पुुलको विकल्पमा निर्माण गरिँदै आएको नयाँ पुुलका कारण समस्या उत्पन्न भएको स्थानिय बासिन्दा वताउँछन् । सयौँको संख्यामा ठुुला तथा साना गाडी ओहोर दोहोर गर्ने पुुल संकटमा परेका कारण आफुुहरुमा समेत संकट छाएको स्थानिय बताउँछन् । तरकारी संकलन केन्द्र भनेर बनाइएको भवन हाल जे काममा प्रयोग गर्ने लक्षका साथ बनाइएको थियो त्यो हुुन सकेको थिएन । तर हाल त्यस भवनमा पुुल निर्माण कार्यमा खटेका कर्मचारी नै बस्दै आएका थिए । पुुल निर्माण कार्यमा प्रयोग गरिने रड र सिमेन्ट समेत त्यसै भवनमा राखिएको जनाइएको छ । 
स्थानिय नुुतनदेव दुुलालका अनुसार अचानक आएको बाढी (भेल) ले पुुलमा क्षति पुु¥याएको हो । दिउसो दुुई बजेबाट सुरु झरी करिब चार घण्टासम्म परेको थियो । झरी सहित आएको बाढी (भेल) ले पुुलको दायाँतर्फको जग नै खोलेको र पिलर नै भत्काउने अवस्थामा पुु¥याएको दुुलालले बताए । उनले भने– ‘हाल जति क्षति ग¥यो त्यसमा भन्दा पनि आगामी दिनमा अझ पानी थपिने र भेल सहित आउने बाढीले अझ क्षति बढ्ने चिन्ता छाएको छ ।’  प्राप्त जानकारी अनुसार निर्माणाधिन पुुल गत बैशाखमा नै निर्माण भइसक्नुपर्ने भएपनि पुुल निर्माण नहुँदा क्षति बढेको बताइएको छ । 
पुुल निर्माण कार्यमा स्थानियले समेत सहयोग गर्दै आए पनि निर्माण कम्पनीले ढिलाइ गरेको स्थानियहरु बताउँछन् । बाढीले पुुल निर्माणकार्यमा प्रयोग हुुने सिमेन्ट र रड समेत बगाएर लगेको जनाइएको छ । त्यस पुुल निर्माणमा ढिलाइ गरिए बर्खा सिजन समेत आएको र आगामी दिनमा आउने बाढीले थप समस्या उत्पन्न गराउने निश्चित देखिएको छ । पुुलमा थप समस्या आए पुुवा पश्चिम इलामका बासिन्दा सहित पाँचथर र ताप्लेजुुङका बासिन्दाको दैनिक उपभोग्य वस्तुु, औषधि उपचारमा समेत संकट पैदा गर्ने निश्चित छ । सम्बन्धित निकायको ध्यान बेलैमा त्यसतर्फ नगए सो को जिम्मेवार कस्ले लिने ? स्थानियबासीले प्रश्न तेर्सायाउन थालिसकेका छन् । त्यसैले त्यसतर्फ पनि आँखा फर्काउन जरुरी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment