प्रतिकिलो चार रुपैयाँमा बन्दा बेच्न बाध्य छन् किसान

तरकारी बालीमा स्थानीय तहको लगानी शुन्य

इलाम :  इलाम बजारमा ४० रुपैयाँ किलो बन्दा कोपी बिक्री भइरहँदा उत्तरी इलामका किसानले भने चार रुपैयाँ प्रति किलो बन्दाकोपी बेच्न बाध्य छन् । विभिन्न बहानामा बिचौलियाले ठगी गरेपछि किसानले प्रतिकुल मौसम र वन्यजन्तुको आतङ्क सहेर आफ््ना बारीमा उत्पादन गरेको तरकारी कौडीको मुल्यमा बेच्न परेको हो । 
इलामका चमैता, राँके, साँखेजुङ, पुवामझुवा, माइपोखरी र सुलुबुङ क्षेत्रका किसानले वर्षेनी बन्दाकोपी लगायतका तरकारी उत्पादन गर्दै आएका छन् । बिक्रीका लागि सहज रुपमा संकलन केन्द्रमा ल्याएर पनि चार रुपैयाँ किलो बेच्न परेको गुनासो किसानको छ । मेची राजमार्गबाट सोझै तराई जाने यहाँको बन्दा लगायतको तरकारी उत्पादन तराईमा महँगो मुल्यमा बिक्री हुने गरेको छ । तराइमा बाढीले डुबान भएपछि तरकारीको मुल्य आकासिएको छ । विभिन्न समस्या देखाएर बिचौलियाले किसानबाट सस्तो भाउमा तरकारी खरिद गर्ने र ढिलो मात्र भुक्तानी दिने गरेको पिडित किसानहरुले बताए । 
बढीमा दश रुपैयाँ किलो बिक्री गरेर पनि किसानले वर्षमा करिब ६० हजार रुपैयाँ तरकारी खेतीबाट आम्दानी गर्ने गरेका छन् । सन्दकपुर गाउँपालिका ३ माईपातालका किसान बुद्ध राइले करेसाबारीमा लगाएको बन्दाकोपीबाट वार्षिक ६० हजार रुपैयाँ आम्दानी गर्छन । आपूmले बिगत पाँच सात वर्ष अघिदेखि कोपी खेती गर्दै आएको बताउने बुद्धले यसको आम्दानीले आपूmलाई छोराछोरी पढाउन र घर खच गर्न सहज हुने गरेको जानकारी दिए । किसानहरुले प्रशस्त बन्दा र अन्य तरकारी बाली लगाएपनि स्थानीय तह मार्फत लगानी हुन सकेको छैन । विषयगत कार्यालय मार्फत विगत वर्षहरुमा आउने बजेट निःशर्त अनुदान मार्फत स्थानीय तहमा निकासा भएपछि कृषिले कम प्राथमिकता पाएको छ । इलाम जिल्लामा ७ सय २७ हेक्टर क्षेत्रमा १२ हजार ८ मेट्रिक टन बन्दाकोपी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणी काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता