इलाम नगरकार्यपालिकाद्वारा तीन वटा निर्णय

इलाम, :  इलाम नगरपालिका नगर कार्यपालिकाको भदौ २५ गतेदेखि शुरु हुने नगर सभामा पारित गराउनका लागि शुक्रबारको बैठकद्धारा तीन वटा निणर्यहरु गरेको छ । जसमा इलाम नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन २०७४, इलाम नगरपालिकाको चालु आव ०७४/०७५ को वार्षिक योजना तथा बजेट नगर सभामा पेश गर्न इलाम नगरपालिकाको विनियोजन विधेयक २०७४ र इलाम नगरपालिका क्षेत्रका राजमार्ग वा सहायक राजमार्गको दायाँबायाँ सडक अधिकार क्षेत्रमा नगरपालिकाको स्वीकृति बिना जथाभावी ढङ्गले राखिएका होर्डिङ्ग बोर्डहरु हटाउने निर्णय गरेको हो । 
शुक्रबारै इलाम नगरपालिकाका निर्वाचित पदाधिकारीहरुको लागि नगर सभा सञ्चालन कार्यविधि सम्बन्धी अभिमुखीकरण समेत सम्पन्न भएको इलाम नगरपालिका, नगरकार्यपालिका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले चियाबारी दैनिकलाई जानकारी दिए । अभिमुखीकरणको सहजीकरण प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल र स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्काले गरेका थिए । इलाम नगरपालिका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बैठक तथा अभिमुखीकरण सम्पन्न भएको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता