
इलामः इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा सङ्कलन भएर महिना ६५ क्वीण्टल छुर्पी अमेरिकाका लागि पठाइने गरेको छ । स्थानीय ब्यापारी वाङ्देल तामाङले इलाम र पाँचथरका विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी सङ्कलन गरेर हप्तामा १५ क्वीण्टल छुर्पी अमेरिकातर्पm पठाउने गरेका छन् ।
वाङ्देलको सङ्कलन केन्द्रमा छुर्पी ग्रेडिङ गर्ने, मिलाउने र छान्ने लगायतका काम गर्दै आएका सञ्जय लिम्बूका अनुसार इलामका चमैता, एकतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक लगायतका ठाउँ र पाँचथरका अधिकांश गाउँबाट छुर्पी सङ्कलन गरिँदै आएको छ । त्यसरी सङ्कलित छुर्पीमध्ये गुणस्तरीय, खँदिलो र सुख्खा जति छानेर अमेरिका पठाइन्छ भने अन्य छुर्पी टुक्रा पारेर स्थानीय स्तरमा खुद्रा बिक्री गरिन्छ ।
वाङ्देलले स्थानीयस्तरमा प्रतिकिलो ७५० देखि ९०० रुपैयाँसम्ममा छुर्पी खरिद गर्ने गरेको बताएका छन् । उनले खरिद गरेको छुर्पी राँके र बिर्तामोडमा रहेका सङ्कलनस्थलमा जम्मा गरेर काठमाण्डौ पठाउने गरेका छन् । काठमाण्डौबाट भने अर्कै व्पारीले अमेरिका पठाउने गरेको वाङ्देलले बताए । राँकेबाट पिकअपमा लगिएको छुर्पी बिर्तामोडमा पुनः प्याकेजिङ गरेर ठूला गाडिमा काठमाण्डौ लगिने गरेको हो ।
यसरी पठाईएको छुर्पी प्रतिकिलो १३ सयदेखि १५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यसरी जम्मा भएर गएको छुर्पीको रकम प्रतिहप्ता २० देखि २१ लाख रुपैयाँसम्म राँके भित्रिने गरेको छ । एकमुष्ट प्राप्त रकम वाङ्देलले डेरी उद्योगहरूमा वितरण गर्ने गर्दछन् ।
उनले उद्योगबाट घोडा तथा गाडिमा सङ्कलन गर्ने गरेका छन् । उक्त छुर्पी ल्याएर छान्नका लागि चारजना कामदार पनि राखेका छन् ।
यसरी पठाइएको छुर्पी अमेरिका पुगेर कुकुरलाई खुवाउन प्रयोग हुने गरेको छ । वाङ्देलले भने, ‘हामीले पठाउने छुर्पी सबै कुकुरका लागि हो, मान्छेले खाने होइन