झापाका मनोजले सिक्किम लिग खेल्ने


  • दिपक बोहोरा

भारतीय पूर्व कप्तान भाइचुङ भुटियासँग गोलकिपर मनोज प्रधान (दायाँ)
फिदिम – झापाका गोलकिपर मनोज प्रधान भारतको सिक्किम लिग खेल्ने भएका छन् । उनी भर्खरै सिक्किम लिग क्लब रोयल युनाइटेड सिक्किमा आबद्ध भएका छन् । युनाइेड भारतीय पूर्व कप्तान भाइचुङ भुटियाको क्लब हो ।
भुटियाको क्लबबाट लिग खेल्दा फुटबलमा अझै खारिने मौका मिल्ने मनोजले बताएका छन् । क्लबसँग मनोजको सम्झौता रकम भने खुलाइएको छैन । एक महिना सम्म चल्ने लिग सोमबार सुरु भएको छ । युनाइटेड सिक्किमले पहिलो खेलमा ब्वाइज क्लब सिक्किमलाई २–० हराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता