
इलाम, ९ पुसः इलाम नगरपालिका ९ मा रहेको राहसल अनाथलयका बालबालिकाहरुलाई हेल्पिङ् हेण्ड्सले जाडोमा लगाउने न्यानो कपडा सहयोग गरेको छ । अनाथलयमा रहेका १४ जना बालबालिकाहरुलाई हेण्ड्सले जाडोमा लगाउने हाइनेक, टोपी, मोजा लगायताका १४ थान कपडाको सहयोग गरेको र हातखुट्टा फुटेको ठाउँमा लागाउने भेस्लीन पनि वितरण गरेको हेल्पिङ हेन्ड्स इलामकी अध्यक्ष अञ्जली दहालले माइपोखरी न्युजलाई जानकारी दिईन ।
वितरण कार्यक्रमका साथै सामुदायिक अस्पाताल सिङफ्रिङका डा. रामकृष्ण आचार्यले बालबालिकाको समान्य स्वास्थ्य परिक्षण पनि गरेको दहालले जानकारी दिईन ।
विगतलामो समयदेखि सामाजिक विकृति र विसंगती विरुद्धको अभियानमा रहेको हेल्पिङ् हेण्ड्सले महिला हिंसा विरुद्धको ¥याली, सरसफार्य कार्यक्रम, रक्तदान, भुकम्प पिडितको लागि कपडा संकलन, गरिव र विरामीको लागि आर्थिक संकलन जस्ता कार्यहरु पनि गर्दै अएको र इलाम, झापा, दाङ, पाँचथर, धरान र काठमाण्डौमा रगतको अभाव हुन नदिन रगतको खोजी पनि गर्दै अएको दाहालले माइपोखरी न्युजलाई जानकारी दिइन ।
