दिब्य ज्योतीमा कानको उपचार सँगै शल्यक्रिया शुरु

झापा, ८ पुसः तपाई कानको समस्या बाट पिडित हुनुहुन्छ भने अव झापाको काँकरभिट्टामा  पहिलो पटक शल्यकृया सेवा शुरु भएको छ ।
मेचीनगर क्षेत्रका बिरामीहरुले बिर्तामोड सम्म पुगेर यो सेवा लिदै आएका थिए ,भने अव काँकरभिट्टामा संञ्चानमा आएको दिव्य ज्योती हस्पिटलले यो सेवा सुरु गरेको हो ।
यो सफलता सँगै यस हस्पिटले शनिबार पहिलो पटक कानका बिरामीको समेत सफल शल्यकृया गर्न सफल भएको छ । 
मेचीनगर १५ की  मिना थापा, शान्ता राउतको यस हस्पिटले सफल शल्यकृया गरेको छ ।
२०७४ असोज २४ गतेबाट शुरु भएको यो हस्पिटले सुरुवामा आखाका बिरामीलाई सेवा दिदै आएको थियो । हाल सम्म ५ सय भन्दा बढि आखाका बिरामीको सफल उपचार गरेको यस हस्पिटले २ सय जनाको सफल शल्यक्रिया गरेको आखा डाक्टर मोनिका कर्मचार्यले जानकारी दिनुभयो 
स्थानीय जनताको पहुचलाई आधार बनाएर खुलेको यस हस्पिटलमा उपचार गर्न आउने बिरामी लाई आर्थिक अवस्था हेरी बिशेष छुट समेत दिदै आएको हस्पिटलका संञ्चालक बिकाश घिमिरेले जानकारी दिनुभयो ।  
यस हस्पिटमा झापाको पूर्वी भागका मेचीनगर क्षेत्रका बाहुनडागी, शान्तिनर, ज्यामिरगढी लगायत क्षेत्रबाट बिरामीहरु सेवा लिन आउने गरेको हस्पिटका बरिष्ठ नाक कान घाटीका डाक्टर नयन महतोले जानकारी दिनुभयो । 
यस हस्पिटलमा दैनिक १०, १५ जना कानको उपचार तथा स्वणशक्तिको चेकजाच गरिदै आएको हस्पिटका बरिष्ठ कान शहायक तथा अडियोलोजिस्ट इन्द्र केसीलेृ जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता