इलाम, २४ मंसिरः इलामको सवै निर्वाचा क्षेत्रमा बामगठबन्धन विजयी हुने लगभग निश्चित भएको छ । इलाम क्षेत्र नं. १ को मत गणना सकिएको छ । क्षेत्र नं. १ को प्रतिनिधिसाभामा नेकपा एमालेका झलनाथ खनाल विजयी हुनु भएको छ । १(१)मा नेकपा नेकापा एमालेका खिनु लुङवा लिम्वु र १(२)मा एमालेकै काजीमान कागते विजयी हुनु भएको छ नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६८०७ मतसहित विजयी भएका हुन उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९६३७ मत प्राप्त गरे। प्रदेस २ ख मा एमालेका काजीमान कागते १७९८६ सहित विजयी काङ्गेसका दुर्गा बरालको १००२१ मत मत ल्याएका छन । नेकपा एमालेकी खिनु लुङवाले १८६८६ मत र
नेपाली कांग्रेसका देवेन्द्र राईले ९३२७ मत ल्याएका छन् । यसरी नै इलाम क्षेत्र २ (प्रतिनिधिसभा) मा एमालेका सुवासचन्द्र नेम्बाङ ३६५१६ मतसहित विजयनजिक छन । कांग्रेस केशव थापाको २६८६० मत ल्याएका छन । जीतको औपचारिक घोषणा हुन हुन भने बाँकी रहेको छ।
क्षेत्र नं. २ को प्रदेश सभाको पनि दुई वटै क्षेत्रमा बामगठबन्धन अगाडी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । इलाम क्षेत्र नं. २ को प्रदेश सभाको मतगणा जारी रहेको छ । २(१)मा नेकपा एमालेका राम रानालाई नेपाली कांग्रेसका डम्बर खड्काले पछियाई रहेकाछन् भने २(२) मा माओवादी केन्द्रका धिरेन्द्र शर्मालाई नेपाली कांग्रेसका खजेन्द्र देवानले पछियाई रहेका छन् यि दुईको मतान्तर हेर्ने हो भने पनि बामगठबन्धनकोे जीत लगभग निश्चित छ ।