इलामको लेकाली भेगमा चौरीपालन व्यवसाय लोप हुँदै

इलाम, ७ पुसः सामुन्द्रिक सतहबाट २५ सय देखिमाथीको उचाई हुने चौरी पालन ब्यवसाय लोप हुँदै गएको छ । इलाम र पाँचथरको सिमावर्ती तथा भारतसँग सिमा जोडिएको सन्दकपुर गाउँपालिका स्थित सन्दकपुरमा एक सय भन्दा बढी रहेका चौरीका गोठ हाल करिब दुई दर्जनको हाराहारीमा मात्र रहेको स्थानिय बताउँछन् । पाँचथर प्राङबुङबाट चौरी ब्यवसाय गर्न आएका नरबहादुर मगर केही नयाँ तरिकाले चौरी ब्यवसाय गर्न सन्दकपुर आएको बताउँछन् । सांस्कृतिक पेशा भएपनि यसै पेशा नयाँ तरिकाले गर्न बसाई नै सरेर आफुहरु यहाँ आएको उनी वताउँछन् । चौरीको दुधबाट बनेको घिउ, छुर्पी गाई, भैँसीको भन्दा महङ्गो हुने र बजारीकरणमा समेत समस्या नहुने उनी बताउछन् । पहिला–पहिला भारतका बजारमा बिक्री हुने घिउ छुर्पी हिजो आज देशमा नै मनग्ये बिक्री हुने गरेको छ । घिउ पाँच सय र छुर्पी एक हजार रुपैंयाँ प्रति किलोमा बिक्री हुने उनी बताउछन् । छुर्पी कुकुरको आहाराका लागि अमेरिका निर्यात हुन्छ । 
लेकाली क्षेत्र अन्नबाली उत्पादन हुन ढिलो हुने भएपनि कम हुने भएपछि त्यस क्षेत्रका बासिन्दाको मुख्य पेशा नै चौरी ब्यवसाय रहेको छ । १२/१५ वटा चौरी पालेका नरबहादुरले खाई–लाई गरेर मासिक ३० हजार माथी नै बचाउने गरेको बताए । खानलाउन र छोराछोरी पढाउन यसै पेशाले धान्ने गरेको उनी बताउँछन् । चौरी ब्यवसायबाट राम्रै आम्दानी भएपनि यो ब्यवसायमा चुनौती पनि छन् । सामुदायिक वनमा चरन गर्न नपाइने भएकाले समस्या भएको किसानहरु बताउँछन् । चौरीलाई आवश्यक दाना र पोषणयुक्त खाना सो क्षेत्र सम्म पुर्याउन, सडकको राम्रो ब्यवस्था छैन । हरेक वर्षको बैशाख १ गते चौरी दिवश मनाइन्छ । लोप हुन लागेको चौरी ब्यवसाय बचाउन समेत यो दिवश किसानका लागि फलदायक बन्दै गएको उनीहरु बताउँछन् । सडकको राम्रो ब्यवस्था भए त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुने र सो क्षेत्रका बासिन्दाको जीवन स्तर समेत माथी उठ्ने थियो कि ? सम्वन्धित निकायले यस तर्फ चासो दिन जरुर छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता