काठमाडौं,काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता गगन थापा विजयी भएका छन् । नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
थापाले भट्टराईलाई ३ हजार बढी मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
थापाले २१५५८ मत प्राप्त गरेका छन् भने एमालेका उमेदवार राजन भट्टराईले १८१४० मत प्राप्त गरेका छन् । त्यसैगरी विवेकशील साझाकी उमेदवार सुबुना बस्नेतले ३०४० मत प्राप्त गरेकी छन् ।