
इलाम, २ पुसः इलाम टी हाउसले आफ्नो शाखा काठमाण्डौमा विस्तार गरेको छ । विश्वकै सवै भन्दा सानो ८ बर्षको नेपाली कथानक चलचित्र निर्देशकको रुपमा गिनिज बुक अफ दि वर्ड रेकर्डमा समेत नाम लेखाएका बालक सौगात बिष्ट र उत्त चलचित्रका मुख्य बाल कलाकार एन्जल राइले हैरान चलचित्र युनिट एवम इलामका विभिन्न विशिष्ट क्षेत्रका ब्यत्तित्वहरु बिच सयुत्त रुपमा उदघाटन भएको हो । इलामका विभिन्न परिकारका चियालाइ लामो समय देखि स्थानिय र बिदेश सम्म निर्यात गर्दै आएको इलाम टि हाउसले आफ्नो शाखा कार्यालय (आउटलेट) काठमाडौमा समेत विस्तार गरेको छ।प्रमुख चियाका साथसाथै इलाममा उत्पादित विभिन्न प्रकारका घरेलु उत्पादनहरु अकबरे खोर्सानी, अदुवाका परिकार, ललिपप, बम्बैसन लगायतका इलामको उत्पादन समेत बिक्री बितरण गरिने र मुनाफाको ५५ निम्न आयश्रोत भएका चिया मजदुरका बालवालिकाहरुको शिक्षामा लगानी गरिने
इलाम टि हाउसका सन्चाकल हरि गुरुङ्गले बताए भने इलामको पर्यटन प्रवर्द्धनको निम्ति इलाम टि हाउस र त्रीज्योती ट्राभल्स एन्ड टुरको सयुत्त तत्वाधानमा ूइन्फर्मेसन हव फर इलामू नामको टुरिजम इन्फर्मेसन हेल्प डेक्स समेतको शुरूवात गरिएको छ।यस इन्फर्मेसन हवबाट इलामको सम्पुर्ण सुचना पर्यटकिय स्थलबारे जानकारी र प्याकेज सेवा समेत उपलब्ध हुने कुरा त्रीज्यिती ट्राभल एण्ड टुरका एम डि पारस जोशीले बताउनु भयो।ओपनिङ्ग सेर्मनी पश्चात् इलामका राधेश्याम लेकालीको अगुवाइमा भालुढुङ्गा र समग्र इलामको दिघो आर्थिक विकासको निम्ति इन्फर्मेसन हव फर इलामको कक्षमा विशिष्ठ ब्यत्तित्वहरु बिच विशेष छलफल समेत गरिएको थियो।