इलामको तिल्केनीमा वेवारीसे हतियार सहित २ करोड पचालाख नक्कली लुटपाटका योजनाकार पक्राउ

इलाम, २ पुसः इलाम नगरपालिका ८ तिल्केनीमा वेवारिसे अवस्थामा हतियार फेला परेको घटना अनुसन्धाको क्रममा नेपाल प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनाको क्रममा प्रयोग भएको  ३ थान इन्डिय पेस्तोल, ८ राउण्ड सोही पेस्तोलमा लाग्ने गोली सहित ९० लाख १० हजार रकम बरामत गरेको छ । घटनामा संलग्न रहेका मुख्य नाईके पाँचथर फल्गुनन्द गाउँपालिका वडा नं. १ वस्ने ३२ वर्षिय राजवहादुर तामङ, फिदिम नगरपालिका १० वस्ने ३३ वर्षका भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका ८ वस्ने ५४ वर्षिय महेन्द्र कुमार दर्जी, फाल्गुन्नद गाउँपालिका ४ का ४४ वर्षिय रुद्रकुमार नेम्वाङ र फाल्गुन्नद गाउँपालिका ६ का ६० वर्षिय योगेन्द्र प्रसाद आङ्दाम्वेलाई इलाम बजारबाट पक्राउ परेका हुन । सोही घटनमा संलग्न वितामोडका योगेश राईलाई पनि झापा जिल्ला प्रहरी कार्यालयले पक्रउ गरेर अनुसन्दान भई रहेको इलामका प्रहरी प्रमुख विपिन कुमार कर्माचार्यले जानकारी दिए ।
मंसिर २५ गते राती इलामको तिल्केनीमा भएका लुटपाटको घटनालाई अनुसन्धानको क्रममा सो घटना नक्कली भएको र पक्रउपर्ने घटनाका योजनाकार राजवहादुरले योजनाबद्ध तरीकाले सो घटना घटाएको पनि अनुसन्धानमा खुलेको कर्माचार्यले बताए । योजनाकार तामाङले म सँग वहुमुल्य रत्न छ भनि पाँथरका  राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ला ढुङ्गानालाई रत्नको मुल्य धेरै पर्ने तर तपाईहरुलाई सस्तोमा दिने भन्दै नगद २ करोड ५७ लाख ५८ हजार र ६० लाख मुल्य पर्ने जग्गा रकम  ठगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । सो रकम लुटीएको देखाउनलाई सो घटनाको योजना गरेको पनि खुल्न आएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता