इलाममा ३८ उम्मेदवारको जमानत जफत

  • सुजता सुनुवार

इलाम ३ पुसः इलाममा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एक स्वतन्त्र सहित ३८ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा चुनावमा सहभागी ५१ जना उम्मेद्वार मध्ये ३८ जनाको जमानत जफत भएको हो । जिल्लाको प्रदेशसभातर्फ २४ जना र प्रतिनिधिसभातर्फ १४ जना गरी इलाममा ३८ जनाको जमानत जफत भएको मूख्य निर्वाचन अधिकृत कृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहेक सबै राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको हो । दुई निर्वाचन क्षेत्र र चार प्रदेश रहेको इलामका सबै क्षेत्रमा बाम गठबन्धनतर्फका नेकपा एमाले र नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन्  ।  
प्रदेशसभा २ को ‘ख’ मा ११ जना उम्मेद्वारमा एक स्वतन्त्रसहित आठ जनाले जमानत जोगाउन सकेका छैनन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका थाङसाङ लावती, सङ्घीय समाजवादी फोरम नेपालका मणिविक्रम लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका जयकुमार केरुङ, मङ्गोल नेशनल अर्गनाइजेसनका भुवानसिंह लिम्बू, ग्रिनपार्टी नेपालका रङ्गलाल तिम्सिना, राष्ट्रिय जनता पार्टीका खड्गबहादुर खालिङ राई, देशभक्त जनगणतान्त्रिक पार्टीका दिपकचन्द्र गौतम र स्वतन्त्रबाट दिपेन्द्र बस्नेतको समेत जमानत जफत भएको हो । 
यस्तै प्रदेशसभा २ को ‘क’ र प्रदेशसभा १ को ‘क’ पाँच÷पाँच जनाको जमानत जफत भएको छ । यहाँबाट २३ जना उम्मेद्वार भएकामध्ये १५ जनाको जमानत जफत भएको छ । प्रदेशसभा २ को ‘क’बाट राप्रपाका नसीप राई, संघीय समाजवादी फोरमका बखतबहादुर आङ्देम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बिका लिम्बू, मङ्गोलका लछुमान राई माक्रेहाङ र राष्ट्रिय जनमुक्तिका भक्तिदास राई रहेका छन् । यसैगरी प्रदेशसभा १ को ‘क’बाट समाजवादी फोरमका लासाङ तामाङ, मञ्चबाट ठोमबहादुर गुरुङ, मङ्गोलबाट अमुमं देव माक्रेहाङ, राप्रपाबाट भोजराज लामिछाने र नयाँ शक्तिबाट हरिबहादुर गुरुङको जमानत जफत भएको छ, भने प्रदेशसभा १ को ‘ख’ मा ६ जनाले जमानत जोगाउन सकेनन् । 
जसमा राप्रपाबाट राजेन्द्रकुमार लामिछाने, समाजवादी फोरमबाट दिर्पादास राई, मञ्चबाट होमबहादुर लिम्बू, मङ्गोलबाट राजन चाम्लिङ, नयाँशक्तिबाट रामप्रसाद सञ्जेल र देशभक्त जनगणतान्त्रिक मोर्चाबाट विष्णुबहादुर सुब्बाको १० प्रतिशत मत समेत नआएको मूख्य निर्वाचन कार्यालय इलामले जनाएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा ८ जनाको जमानत जफत भएको छ । जसमा संघीय समाजवादी फोरमबाट कृष्णबहादुर खत्री, राष्ट्रिय जनता पार्टीबाट दलबहादुर राई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टङ्कमणी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपककुमार योङ्हाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट गलिन्द्र लिम्बू योङ्हाङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट खड्गप्रसाद पालुङ्वा, राष्ट्रिय जनमोर्चाबाट कुलबहादुर लिम्बू र नयाँ शक्ति पार्टीबाट देपकुमार जबेगुको जमानत जफत भएको छ  । 
यस्तै इलाम निर्वाचन क्षेत्र नम्बर १ मा ६ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा समाजवादी फोरमबाट सुवास राई (चौरासे), विवेकशील साझा पाटीबाट सचेन घले, नयाँशक्तिबाट मानवीर लेप्चा, मङ्गोलबाट सूर्यकुमार गुरुङ, संघीय मञ्चबाट दिलप्रसाद नेम्बाङ र जनमुक्तिबाट ललितबहादुर थेवेको जमानत जफत भएको छ । २ लाख ४ हजार ४६ मतदाता रहेको इलाममा ६७ प्रतिशत मत खसेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता