मालापथ छिर्दै हुनुहुन्छ? होसियार !!! एक पटक सोचेरमात्र छिनुहोस !!!

इलाम,  २ पुसः इलाम नगरपालिकाको मालापथको यात्रा गाडीबाट गर्दैहुनुहुन्छ भने अब तपाई चनाखो बन्नुपर्ने भएको छ । मालापथ प्रवेशद्वारमा राखिएका ट्राफिक सङ्केतहरु तपाईले नहेरि गाडि गुडाउनुभयो भने त तपाई पक्कै पनि जरिवानाको भागेदार बन्नुपर्ने हुन्छ । जरिवाना पनि  मालापथ प्रवेशद्वारमा सवै सवारी साधनको लागि आइतबारबाट वान वे कडाइकासाथ लागु गरिएको छ । इलाम नगरपालिकाको कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा मालापथ क्षेत्रमा सो नियम लागु गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख पदम राईले जानकारी दिए । 
अबदेखि शान्ति चोकदेखि मालापथ प्रवेश गर्न ती सवारी साधनले पाउने छैनन् । मालापथ प्रवेश गर्न ति सवारीका लागि सुनगाभा चोक नै पुग्नुपर्ने हुन्छ । जनचेतनाका लागि समेत यो जनाकारी शेयर गर्न जिल्ला ट्राफिक कार्यालयका इन्चर्ज पदम राईले माइपोखरी न्युजलाई जानकारी दिए । असार बाटनै सो क्षेत्रमा  वन वे लागु गरिएको थियो तरपनि कार्यन्वयनमा जानकोलागि समय लागेको पनि राईले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता