समानुपातिक तर्फको पनि मतगणना सकियो, ५ पार्टीले पाए राष्ट्रिय दलको मान्यता

इलाम, २ पुसः समानुपातिक तर्फ सम्पुर्ण मत परिणम सार्पजानिक भएको छ । अन्तिम मत परिणम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो ।
निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख ९५ हजार ९ सय ३ मत पाएको छ ।
यस्तै राजपाले ४ लाख ७० हजार ४ सय ८६, संघीय समाजवादी फोरमले ४ लाख ६९ हजार ४ सय ६१,  विवेकशील साझा पार्टीले २ लाख १२ हजार २ सय ९३, राप्रपाले १ लाख ९६ हजार १ सय ९०, राप्रपा प्रजातान्त्रिकले ८८ हजार २ सय ८०, नयाँ शक्ति पार्टीले ८१ हजार ४ सय ७६ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय २३ मत पाएका छन् ।
अन्य दलले ३ लाख ५४ हजार ४ सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । योसँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।

संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ । सो अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन् ।

अरु दलले ३ प्रतिशत मत कटाउन नसके पछि उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता