इलाम मंसिरः इलामको बिहीबार सम्पन्न प्रतिनिधिसभा क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार झलनाथ खनालले विपक्षी भन्दा दोब्बर अग्रता कायम राखेका छन् । खनालले १४ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको छ । वहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले ८ हजार ४ सय ९० मात्र प्राप्त गर्नुभएको छ । त्यसै गरी क्षेत्र नं २ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले १६ हजार ३ सय १३ मत प्राप्त गर्दा वहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता केशव थापाले ११ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी प्रदेशसभामा समेत बाम गठबन्धका उम्मेद्वार अगाडी छन् । प्रदेशसभातर्फ इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले ६ हजार ५ सय ३७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्र राईले ३ हजार ६ सय ७२ मत प्राप्त गर्नुभएको छ ।
इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले ८ हजार ३ सय ५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दुर्गा बरालले ४ हजार १ सय ७० मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम रानाले ८ हजार ५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले ७ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमणले ६ हजार ८ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ४ हजार ९ सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इलाम 1
एमाले झलनाथ खनाल 14856
कांग्रेसका भुपेन्द्र कट्टेल 8490
इलाम 2
एमाले सुवासचन्द्र नेम्वाङ 16313
कांग्रेस केशव थापा 11698
इलाम 1 (1)
एमाले खिनु लङवा लिम्बु 6537
कांग्रेस देवेन्द्र राई 3672
इलाम 1 (2)
एमाले काजीमान कागते 8358
कांग्रेस दुर्गा बराल 4170
इलाम 2 (1)
एमाले राम राना 8005
डम्बर खड्का 7198
इलाम 2 (2)
माओवादी केन्द्र धिरेन शर्मा 6815
कांग्रेस खगेन्द्र देवान 4913
एमाले झलनाथ खनाल 14856
कांग्रेसका भुपेन्द्र कट्टेल 8490
इलाम 2
एमाले सुवासचन्द्र नेम्वाङ 16313
कांग्रेस केशव थापा 11698
इलाम 1 (1)
एमाले खिनु लङवा लिम्बु 6537
कांग्रेस देवेन्द्र राई 3672
इलाम 1 (2)
एमाले काजीमान कागते 8358
कांग्रेस दुर्गा बराल 4170
इलाम 2 (1)
एमाले राम राना 8005
डम्बर खड्का 7198
इलाम 2 (2)
माओवादी केन्द्र धिरेन शर्मा 6815
कांग्रेस खगेन्द्र देवान 4913