गाँस न बाँस झुपडिको बाँस !, सन्थाल समुदायको कहिले होला समस्याको समाधान ?

दमक, २३ मंसिरः झापाको सुदुर पश्चिम दक्षिणी गाविस गौरिगंजको सिमावर्ती क्षेत्रका आदिवासी समुदायका सन्थाल जातीहरु अहिले पनि जग्गा धनि बन्न सकेका छैन ।
आफनो नामको धनिपुर्जा नहुदा बर्षौ देखि अर्काको जमिनमा सुकुम्बासि जीवन विताइ रहेका छन् । गौरिगंज गाँउपालिका दुइ नम्बर वडाको दास चौरिका सन्थाल समुदायक १५ घर परिवारको नत आफनो नाममा जग्गा धनिपुर्जा नै छ, नत ढुक्क संग बस्न सक्ने गरिको घर नै छ । विगत २० वर्ष यता यहाँका अत्यन्तै कमजोर आर्थिक अवस्थामा जिवन गुजार गर्दै आइरहेको स्थानीय सुफल हस्दा बताउँछन् । 
सुफल जस्तै याहाँका अन्य सन्थाल समुदायको अवस्था पनि उस्तै छ । उनिहरु भन्छन हामिलाई आर्थिक तथा भौतिक निर्माणका कुराहरुले पनि उत्तिकै पिढमा छौँ । यो बस्तिमा पुग्नकालागि नत कुनै राम्रो सडक नै छ नत बिजुली बत्तिको सुविधा छ । हरेक कुराको समस्याका बिच अहिलेपनि यो समुदायले जिवन गुजारा गर्दै आइरहेको अर्का स्थानीय लुखुराम हेमरम बताए ।
आफनो जमिन नभएका यि सन्थाल समुदायको यो बस्ति जग्गाधनिले पटक( पटक उठाउने प्रयोस पनि नगरेका भने हैन । धेरै पटकको प्रयास असफल भएको उनिहरु बताउँछन् । खोला किनारको यो बस्ति का सन्थाल समुदायहरु चेतना स्थरमा समेत निकै कमजोर रहेको मंञ्जु किस्कुले बताइन् ।
अर्काको जमिनमा अधिया कुत गरेर जिवन गुजारा गरिरहेको यो बस्तिका सन्थाल समुदायहरु भन्छन हामि कहिले जग्गा धनि बन्ने र राम्रो घरमा बस्ने सवैको सपना यहि छ । आफ्नो पिडालाई राज्यले नहेको दुखेसो पोख्छन् यस समुदायका बासिन्दा ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता