विल्डकनले भित्र्यायो झापामा जर्मन प्रविधि

  • मनिषा चम्लागाईँ

विर्तामोड, ३ पुसः गुणस्तरीय होलो ब्लक, ईँटा, ब्रिकेटस् प्याभर टायल्स र अन्य भौतिक संरचना निर्माणमा प्रयोग हुने सामग्री उत्पादन गर्ने लक्ष्यका साथ जर्मनी प्रविधि नेपाल भित्र्याइएको छ । झापाका युवा व्यवसायीहरुको समूहले सो प्रविधि नेपाल भित्र्याएका हुन् । उच्च गुणस्तरीय प्रविधि जडित बिल्डकन इण्डिष्ट्रिज प्रालिको आइतवार विधिवत उद्घाटन पछि उद्योग सञ्चालनमा ल्याइएको छ । उद्योगले उपभोक्ताको आवश्यकतालाई सहज ढंगमा आपूर्ति गर्ने लक्ष्य राखेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–७ स्थित पाराखोपीमा स्थापित बिल्डकन इण्डस्ट्रिज प्रालिको अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले उद्घाटन गरेका हुन् । 
जर्मन प्रविधीको स्वचालित मेसिनमार्फत उत्पादन भौतिक संरचना निर्माणका सामग्री उत्पादन हुने बिल्डकन इण्डष्ट्रिजका प्रबन्ध निर्देशक नविन गट्टानीले जानकारी दिए ।
देशभरका विभिन्न स्थानमा स्थापित ईँटा उद्योगले वातावरण प्रदुषित हुनुका साथै माटो अभावमा  ईँटाभट्टाहरु क्रमशः संकटमा पर्दै गएपछि नयाँ प्रविधिको वातावरणमैत्री उद्योग सञ्चालनमा ल्याइएको निर्देशक गट्टानीले बताए। वातावरणमैत्री उक्त अत्याधुनिक मेसिनको प्रतिदिन ८० हजार फ्लाइयस ब्रिकेट्स, प्याभर टायल्स र ४० हजार होलो ब्लक उत्पादन क्षमता रहेको बताइएको छ । उद्योगबाट उत्पादिन र्इँटा, टायलहरु वातावरण मैत्री भएको भन्दै ‘न्चभभल अयलअचभतभ’ नाम दिइएको छ । 
भीमचन्द्र भट्टराई, नवीन गट्टानी, निकेश गट्टानी, गणेश बस्नेत, सुरेसकुमार अग्रवाल, महेश चित्लाङ्गिया ब्रदर्श, शुशिलकुमार अग्रवाल, सञ्जय बगडिया, साहिल अग्रवालसहित १० जनाको लगानीमा उद्योग सञ्चालनमा आएको हो ।
नेपालमा पहिलो पटक उत्पादन सुरु गरिएको उद्योगद्वारा उत्पादित सामग्रीका बारेमा सबैलाई बुझाउन चुनौति रहेको प्रबन्ध निर्देशक गट्टानी अनुभव छ । ‘यो माटोको ईँटाभन्दा सस्तो छ, तर अहिलेसम्म र्इँटा नै प्रयोग गर्दै आएको अवस्थामा बुझाउन कठिन छ, उनले भने, ‘नयाँ कुरा बुझाउनु नै हाम्रो चुनौति हो ।’ र्इँटा उद्योगका सञ्चालक समेत रहेका गट्टानीका अनुसार तुलनात्मक रुपमा ईँटा प्रयोग गर्नुभन्दा होलो ब्लक प्रयोग गरे लागतमा झण्डै ५० प्रतिशत कमि आउने छ । टिकाउ पनि अठाई गुणा बढी हुने गट्टानीले बताए । 
४० करोड लगानीमा सञ्चालनमा ल्याइएको उद्योगले चाँडै क्रसर उद्योग समेत सञ्चालनमा ल्याउने छ। गुणस्तरीय सामान  उत्पादन गर्न र नियमित आपूर्ति गर्नका लागि क्रसर उद्योगको आवश्यकता महसुस गरेर त्यस्तो तयारी गरिएको सञ्चालक शुशील अग्रवालले बताए ।
कम्पनीका अध्यक्ष भिमचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राना, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, सञ्चालक गणेश बस्नेत लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विष्णु निरौलाले गरेका थिए ।
२०७२ सालदेखि नै उद्योग सञ्चालन गर्ने तयारीमा रहेका उनीहरुले उत्पादन सुरु गरेपछि त्यसको व्यवसायिक चर्चा सुरु भएको छ । 
मेचीनगर नगरपालिकाका मेयर आचार्यले निर्वाध उद्योग सञ्चालनको वातावरण नबने व्यवसायीहरु मारमा पर्र्ने बताए । चन्दा–चिठ्ठा, अप्रत्यासित रुपमा हुने बन्द हड्तालले मुलुकको उद्योग व्यवसाय क्षेत्र मार खेप्न बाध्य भएको उनको टिप्पणी छ । आचार्यले करोडौँ रुपैयाँ खर्चिएर सुरु गरिएका व्यवसायलाई दीर्घकालीन बनाउन सबै पक्ष एक हुनुपर्ने बताए । प्रमुख अतिथि रानाले उद्योग सञ्चालनका लागि स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने वचन दिए। उनले ठूला लगानीका उद्योग अर्जुनधारा नगपालिका भित्र सञ्चालनमा आउनु यस क्षेत्रको प्रगतिका रुपमा लिनुपर्ने धारणा राखे । उद्योग सञ्चालकहरुले आफूहरु उपभोक्ताको स्वास्थ्य र वातावरण मैत्री व्यवसाय सञ्चालनमा नचुक्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले बिल्डकन त्यसकै प्रारुप भएको जनाए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता