‘गठबन्धनमा प्रधानमन्त्री हुन योग्य एक दर्जन छन्’ खनाल

इलाम,  पुर्व प्रधानमन्त्री एवम बाम गठबन्धन इलाम क्षेत्र नं १ उम्मेदवार झलनाथ खनालले प्रधानमन्त्री हुन योग्य बाम गठबन्धनभित्र एक दर्जन भन्दा बढी रहेको बताए । इलामको मतगणनास्थलमा आइपुगेका खनालले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने ‘बाम गठबन्धनमा एक दर्जन बढी प्रधानमन्त्री हुन योग्य हुनुहुन्छ उहाँहरु मध्ये एक जना प्रधानमन्त्री बन्नुहुनेछ’ ।
खनालले कर्णालीमा बाम गठबन्धनले क्लिन स्विप गरेको बताउदै २ नं प्रदेश बाहेकका क्षेत्र झापादेखि कञ्चनपुरसम्म बाम गठबन्धनको स्पष्ट जित हुने उदघोष गरे । उनले हिमाल पहाड तराइको परिणमा एउटै प्रकारको भएको र चाडै नै बाम गठबन्धको जितको समाचार सुन्न मतदाता आतुर रहेको बताए । अहिलेको मतगणनाको परिस्थिति बाम गठबन्धको बहुमत सुनिश्चित भएको बताउँदै २ तिहाइको नतिजाको प्रतिक्षमा रहेको र चाडै नै अन्तिम नतिजासँगै बाम गठबन्धन २ तिहाइले विजयी हुने बताए । त्यसैगरी पुर्व सभामुख एवम बाम गठबन्धन इलाम क्षेत्र नं २ का उम्मेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचन सफलतापुर्वक सम्पन्न भएकोमा सबैलाई बधाई दिए । 
उनले भने ‘सबै पक्षले आ–आप्mनो क्षेत्रबाट भुमिका खेल्नु भएको छ अब अन्तिम नतिजाको प्रतिक्षा छ ।’  नेम्वाङले यस निर्वाचनको अन्तिम परिणाम आइसक्दा जनताले जित्दछन र यो निर्वाचन सफल ठहरिने बताए । उनले निर्वाचनको परिणाम जस्तो सुकै आएपनि ऐतिहासिक कार्य भएको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता