इलाममा दुग्धजन्य उत्पादनको बजार बढ्दै

इलाम, १७ पुसः दुधले आत्मनिर्भर इलाममा दुग्धजन्य उत्पादनको बजार समेत बढ्दै गएको छ । आगन्तुकको चहलपहल देखिने जिल्लाको स्थानीय बजारमा दुधबाट उत्पादन भएको ललिपप, चुर्पी बम्बैसन र पनिर समेतको बजार बढ्दै गएको छ । दुग्धजन्य उत्पादनको बजार बढ्दै गएपछि गाउँ–गाउँमा व्यवसायिक पशुपालन गर्ने किसान पनि बढ्दै गएका छन् । आगन्तुकको चहलपहल देखिने जिल्लाको स्थानीय बजारमा दुधबाट उत्पादन भएको ललिपप, छुर्पी, बम्बैसन र पनिर समेतको बजार बढ्दै गएको छ । 
दुग्धजन्य उत्पादनको बजार बढ्दै गएपछि गाउँ–गाउँमा व्यवसायिक पशुपालन गर्ने किसान पनि बढ्दै गएका छन् । बजारमा घुम्न आउँने आगन्तुक र आफन्तको जानेले कोसेलीको रुपमा दुग्धजन्य उत्पादन किनेर लाने ग्राहक बढेकोले दुग्धजन्य उत्पादनको बजार बढेको स्थानीय व्यपारीहरुको भनाई छ । दुग्धजन्य उत्पादनको बजार बढेपनि जिल्ला भित्रै उत्पादन भएको छुर्पीको बजार स्थानीय बजारमा देखिदैन । जिल्लाका बजारमा देखिने छुर्पी अध्यधिक मात्रमा ताप्लेजुङबाट आयात गरिने व्यापारिहरुले बताउँछन् । यहाँको डेरीमा उत्पादन हुँने छुर्पी भारत हुँदै अमेरिकासम्म कुकुरको खानाको रुपमा निर्यात हुँने गरेको व्यवसायिले जनाएका छन् । छुर्पी र घ्यू उत्पादन गर्ने जिल्लाका डेरी उद्योगले २५ हजार लिटर दुध खपत गर्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २० करोड ७९ लाख बराबरको कारोबार भएको छ ।  
यस्तै ५१ करोड ४० लाख बराबरको घ्यू बिक्री पशु सेवा कार्यालयको तथ्याङ्क छ । डेरी उद्योगमा दुई सय पचास जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् । स्थानीय बजारमा जिल्लामै उत्पादन भएको ललिपप र बम्बैसन भने स्थानीय बजारमा खरिद गर्न पाइन्छ । ललिपप र बम्बैसन खास गरी कोसेलीको रुपमा प्रयोग हुने गरेको व्यपारीको भनाई छ । 
१५ बढी ललिपप र बम्बैसन उद्योग रहेको जिल्लामा दैनिक १० हजार दुध खपत हुँदै आएको छ । दैनिक ४० किलोग्राम उत्पादन गर्ने उद्योगले २४ हजारको कारोबार गर्दै आएको पशुसेवा कार्यालयले जनाएको छ । उद्योगमा प्रत्यक्ष ७५ जनाले रोजगारी पाएको बताइएको छ । स्थानीय बजारमा कमै परिचित पनिरको बिक्री समेत बढ्दै गएको छ । जिल्लामा पनिरको नगन्य मात्रमा उद्योग भएपनि दैनिक एक सय पचास लिटर दुध खपत हुने गरेको पशु सेवा कार्यालयको अनुमान छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता