हलेसी बजारमा आगलागीः सात घरमा क्षति

खोटाङ, १९ पुसः खोटाङको हलेसी बजारमा भएको आगलागीका कारण सात घरमा क्षति पुगेको छ । मंगलबार बेलुका साढे ७ बजेपछि सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । 
यस्तै प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घरमा आंशिक क्षति पुगेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । केही घरलाई भत्काएर आगो नियन्त्रणमा लिइए पनि क्षतिको बिस्तृत विवरण आउन बाँकी छ । आगो मगमको घरबाट सुरु भएको हो । आगलागीको कारण खुलेको छैन ।
आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका हुन् । आगो नियन्त्रणका लागि दिक्तेलबाट पठाइएको दमकल र सुरक्षाकर्मी नपुग्दै आगो नियन्त्रणमा आएको मेयर राईले बताउनुभयो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता