क्रान्तिकारीले गर्यो मरव क्याम्पस शिक्षक छनौटको पुनः परिक्षाको माग

इलाम १९ पुषः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले बिज्ञप्ती निकाल्दै ‘परीक्षा सञ्चालन गर्ने क्याम्पस समक्ष माग गरेको छ । क्रान्तिकारीले महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले प्राध्यापक नियुक्तिको कार्य पुन सुरु देखि नै गर्नुपर्ने माग गरेको हो । क्याम्पसमा केही दिन अघि प्राध्यापक नियुत्ती गर्ने क्रममा ‘प्रशासनको अनुकुलतमा राखेर क्याम्पस प्रशासनले छनोट गर्न  खोजेको’ भन्दै संगठनले पुन परीक्षा गराउन क्याम्पस समक्ष माग गरेको हो ।
अखिल क्रान्तिकारीले बुधबार बिज्ञप्ती निकाल्दै ‘परीक्षा सञ्चालन गर्ने बिज्ञलाई समेत प्रशासनको अुनकुलतामा राखेर परीक्षा गराृउन खोजेको’ र परीक्षा सक्किनु पुर्ब नै नतिजा समाजिक सञ्जालमा आएको’ उल्लेख गरेको छ ।
अखिल क्रान्तिकारीका क्याम्पस इञ्चार्ज बीपीन पोख्रेलको हस्ताक्षरित बिज्ञप्तीमा दुई दिन भित्रमा शिक्षक छनोट प्रक्रिया पुन सुरुकै अवस्थामा नगरेमा र बिज्ञप्तीलाई बेवास्ता गरेमा चरण बद्ध आन्दोलनका कार्यक्रम समेत अगाडि बढाउने चेतावनी दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता