प्रचार प्रसारको अभावमा पानीटार सिंहदेवीस्थान


  • युवराज घोरसाई

इलाम, २० पुसः इलाम जिल्लाको पश्चिममा अवस्थित साविक साङ्गरुम्बा गाविस ७, हाल देउमाई नगरपालिका  ३, पानीटार हात्ती ढुंगा क्षेत्रमा पर्ने सिंहदेवीस्थान देवीको स्थानीय बासीहरुले धार्मिक आस्थाको केन्द्र रहेको पानीटार पर्यटकीय क्षेत्रमा पर्दछ । स्थानीय दशैं, मंसिरे, वैशाखी पुर्णिमा, उद्यौली उभौली पर्वहरुमा विशेष रुपमा देवी पुजा, काली नाग, सेती नाग सहित पुजा आजा गरी आएको स्थान जग्गा पानीमाई टी स्टेटको नाममा रहेको ढुंगाको ओडार सुरुङ्ग मार्ग भित्र भित्रबाट नै गजुरमुखी दवी स्थान सम्म पुग्न सकिने भन्ने किंवदन्ती स्थानीयहरुको रहेको स्थानीय श्री गंगा खत्री बताउनु हुन्छ । 
यस देवी स्थानमा स्थानीय श्री कुल बहादुर थापाले विशेष पुजा आजा ३ दिने गरी स्थानीय क्षेत्रमा बस्ने बासिन्दाहरुको भलाईको कामना सबैको सहभागितामा गरी हाल श्री सिंहदेवी पर्यटन ब्यावस्थापन समिति गठन गरी क्रियासिल रहेको र करिब २२ हेक्टर सामुदायिक वन क्षेत्र रहेको र २९० जना पानीटार समुह रहेकोले चियावारी क्षेत्र, हात्ती ढुंगा, ढोलेदेवी, गुम्वा, पुवाखोला, साङ्गरुम्बाको पैहृो जस्ता क्षेत्र रहेकोले इलाम फुलगाछी पुवाखोला इन्टेक साङ्गरुम्बा पानीटार सहजै मोटर सडकबाट र इलाम साँखेजुङ्ग नेपालटार गाग्रेभञ्ज्याङ्ग पानीटार जितपुरे बजार क्षेत्र र झापा विर्तामोड शनिश्चरे खुदुनावारी दानावारी चिसापानी सोक्तिम माईखोला बेलासे हुदै सोयाक सिद्धिथुम्का जितपुर नवमी जितपुरे सडक पहुँच हुदै पानीटार पर्यटकीय हरियाली क्षेत्रको सहज भ्रमण गरी देउमाई क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यको अवलोकन गरी आन्तरीक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना रहेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता