झापाकाे धुलाबारीमा आगलागीबाट ५० लाख बराबरको धनमाल क्षति

झापा, २ भाद्रः झापाको मेचीनगर नगरपालिका-१० धुलाबारी बजार स्थित सिताराम पोदारको ईलेक्ट्रिक पसलमा भाद्र १ गते शुक्रबार राती आगलागी भएको छ ।
 पोदारको पसलमा राती ११ बजे विधुत लाईन सर्ट भई आगलागी भएको हो ।  आगलागीबाट पसलमा रहेका टि.भी, फ्रिज, पंखा लगायतक ईलेक्ट्रिक सामानहरु जल्दा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ । आगलागी मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा शुक्रबार राती १२ बजे नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता