माइखाेलाले बगाएर १ जनाको मृत्यु, १ बेपत्ता

झापा, १ भदाैँः  झापा जिल्लाको माई खोलाले बगाउँदा शनिबार १ युवकको ज्यान गएको छ भने खोटाङ जिल्लाको रावा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । झापा कन्काई नगरपालिका-२ धनुषाकोटी स्थित माई खोलामा पौडी खेल्ने क्रममा शनिबार कन्काई नगरपालिका-१ बस्ने गोपाल पोखरेलको छोरा वर्ष २५ को आशिष पोखरेलको मृत्यु भएको छ । 
दिउँसो १बजे साथीहरुसंग खोलामा पौडी खेल्न गएका आशिषलाई खोलाले बगाएपछि साथी गौरव न्यौपानेले उनलाई उद्दार गरी उपचारका लागि सुरुङा स्थित मेरिगोल्ड अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय सुरुङाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय सुरुङाबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि पठाईएको छ । 
यसैगरी खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका-५ स्थित सप्तेश्वर बस्ने भक्त बहादुर राईको २० वर्षीय छोरा सुजन राईशनिबार बिहान स्थानीय रावा खोलाले बगाएर बेपत्ता भएका छन् । शनिबार बिहान ८ बजे  खोलामा माछा मार्न गएका सुजन घर फर्की नआएपछि दाजु रुलाल राईले ईलाका प्रहरी कार्यालय वाक्सिलामा शनिबार दिउँसो ३ बजे घटना सम्बन्धमा जानकारी गराएका हुन् । घटनास्थलमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिगई बेपत्ता युवकको खोजी कार्य भईरहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता