दिनेश माङमुद्वारा निर्देशीत दुई गीत सार्वजनिक हुँदै

  • जीवन लिम्बू

काठमाण्डौ, भदौः दिनेश माङमुको निर्देशन रहेको दुई वटा गीत एकै दिन सार्वजानिक हुने भएका छन् । एस एस ओजी को प्रस्तुती रहेको ‘प्रेमबाट हारेपछि र चुल्ठेवाली’ बोलको गीत यहीँ भदौ आठ गते शुक्रबार वुढासुब्बा डिजिटल प्रा.ली बाट सार्वजानिक हुने निर्देशक माङमुले जानकारी दिए । 
“प्रेम बाट हारेपछि..........” 
निशा राईको सुमधुर स्वर रहेको “प्रेम बाट हारेपछि” वोलको गीतमा इसान राईको संगीत रहेको छ । रेमन राईको सब्द रहेको गीको एरेन्ज महाराज थापा गरेका छन् । यो गीतमा मिलन केसि र सलिना घिसिङले अभिनय रहेको निर्देशक माङ्मुले वताए ।
“चुल्ठेवाली मायालाई..........”
शुक्रवार नै सार्वजनिक हुने अर्काे गीत “चुल्ठेवाली मायालाई” मा सुजन आङदेम्बे लिम्बुले आवाज दिएका छन । उदय नेम्बाङ र गायक स्वम आङदेम्वेको संगीत रहेको छ । गीतमा कृष्ण साउदेन लिम्बुले कम्पोज रहको छ । गीतमा मोडल ह्यारी योन्जन र मेनुका साउदेम्वा लिम्बुको अभिनय देख्न पाइने छ । दुवै भिडियो भुपेन्द्र तुम्वाहाङ्फे खिचेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता