खोलाले बगाएर दुई जनाको मृत्यु

जाजरकोट, ५ भदौ (रासस) ः खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ । 
मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 
यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई आज मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता