
माइपोखरी तीज क्वीन
यस माइपोखरी न्युज प्रोटलले तीजको अवसर पारेर फोटो प्रतियोगिता गर्न गएको हो । सहभागिले आफ्नो सारी लगाएको फोटो यस पेजको म्यासेजमा अथवा maipokharinews@gmail.com मा पठाउनुको साथै आफ्नो पुरा नाम ठेगाना र मोवाइल नं. पनि अनिवार्य पठाउनु पर्ने छ । उत्कृष्ट ३ जनाका तस्विरलाई पुरस्कार क्रमश ५ हजार, ३ हजार र २ हजार, अर्कषक गिफ्ट र कदरपत्रले पुरस्कृत गरिनेछ ।
प्रथम पुरस्कारः ५०००।– नगद तीनघरे समाज सेवा मञ्च नेपाल र इलाम टीहाउस इलामको तर्फबाट आर्कषक गिफ्ट
दोस्रो पुरस्कारः ३०००।– नगद तीनघरे समाज सेवा मञ्च नेपाल र आस्ना एग्रिकल्चर एण्ड सप्लायर्स, इलामको तर्फबाट आकर्षक गिफ्ट
तेस्रो पुरस्कारः २०००।– नगद तीनघरे समाज सेवा मञ्च नेपाल र मोर्डन कम्प्युटर सोलुसन इलामको तर्फबाट आकर्षक गिफ्ट
नियमहरुः
१. प्रतियोगितामा भाग लिनको लागि यो पेज अनिवार्य लाइक, शेयर गरेको हुनुपर्नेछ । माइपोखरी न्युजको युवट्युव च्यानल https://www.youtube.com/user/binaya2006 अनिवार्य सस्क्राइव गरिएको हुनु पर्ने छ । प्रतियोगिताको नतिजा तीजको दिन प्रकाशन गरीने छ । पुरस्कार असोज ३ गते वितरण गरिने छ ।
२. प्रतियोगी तस्विर साडी लगाएको तस्वीर हुनु पर्ने छ ।
३. एक जना सहभागीले एक मात्र तस्विर प्रतियोगितामा सहभागी गराउन सक्नेछन् ।
४. २०७५ भदौँ २५ गते भित्र प्रतियोगितामा सामेल गर्ने फोटो पठाइसक्नुपर्नेछ ।
५. पोष्ट भएको तस्विरले आर्जन गरेको रियाक्सन (लाईक, लभ, हाहा, वाउ, एंग्री, स्याड) र शेयरले पुरस्कारको निर्णयको ५० प्रतिसत निर्णय गर्नेछ भने ५० प्रतिसत माइपोखरी न्युजले गर्नेछ ।
६. पुरस्कार सम्बन्धि कुनै विवाद भएमा अन्तिम निर्णय गर्ने सर्वा्धिकार माइपोखरी न्युजमा रहनेछ ।
७. प्रतियोगी फोटोले रिजल्ट नआऊंजेल अन्य कुनै फोटो प्रतियोगीतामा भाग लिन पाउने छैन, फटोको सर्बाधिकार प्रतियोगीसँग भएको हुनुपर्नेछ ।