जिल्ला प्रहरी कार्यालय इलामकाे सुर्योदयमा नागरिक सुनुवाई

इलाम, १ भदाैः जिल्ला प्रहरी कार्यालय  इलामको आयोजनामा इलाम जिल्ला सुर्योदय न.पा.१२ स्थित तिनघरे बजारमा नागरिक सुनुवार्इ कार्यक्रम सम्पन्न भएकाे छ । 
कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना ज्यूको अध्यक्षता तथा प्रमुख अथिति सु.न.पा.का उप-प्रमुख दुर्गा देबि भट्टराई,बिशेष अथिति पुर्व सांसद सुर्यवाला राई,सु.न.पा.का.वडा अध्यक्षहरु, स्थानिय ब्यापारी,बुद्धिजिबि,राजनैतिक दलका प्रतिनिधि,पत्रकार लगाएत स्थानिय बासिहरुको ९०/१०० जनाको  उपस्थितिमा सम्पन्न भएको "नागरीक सुनुवाई कार्यक्रममा"सहभागीहरु बाट आएको गुनासो तथा जिज्ञासाहरुको सम्बोधन प्रमुख जिल्ला अधिकारी तथा जि.प्र.का.इलामका प्रमुख प्रहरी उपरीक्षक माधब प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता