गजल


  • विनिता दाहाल

म तिम्रो यादमा रुनु बेकार भो ।
रुदै तिम्रो तस्बिर छुनु बेकार भो ।

आमा आश्रममा रुदै दिन कटाउछिन ,
तिनका लागि छोरा हुनु बेकार भो ।

पति रक्सी धोकी भट्टी मै रमाउछन ,
व्रत बसि गोडा धुनु बेकार भो ।

भ्रष्टाचारले महल गगनचुम्बी बन्छन् ,
गरिबीको पसिना चुनु बेकार भो ।

सुन सङ्ग माया जोखिन थालेछ ,
चोखो मन बोकि जिउनु बेकार भो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता