
इलाम, ९ असोजः जिल्ला प्रहरी कार्यालय इलामद्वारा निरन्तर रुपमा स्कुल तथा कलेजहरुमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भई रहेको छ ।कार्यक्रम अन्तर्गत यही भदौ २० गते देखी असोज ०८ गते सम्म जिल्लाका विभिन्न २१ स्थानहरु कार्यक्रमहरु सम्पन्न गरी सकेको छ ।

कार्यक्रममा बिशेष गरी जवरजस्ति करणी, यौनजन्य हिंसा, ट्राफिक नियम, साईवर अपराध तथा लागु औषध बिरुद्धको सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरी सोही बिषय बस्तु सम्बन्धी पर्चा पम्प्लेटहरु समेत बितरण गर्ने गरीएको छ ।बिषेश गरी यस्ता कार्यक्रमहरु स्कुल, कलेज तथा ग्रामिण भेगहरु सञ्चालन भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
