
बिर्तामोड, १४ असोजः बिर्तामोडमा कलाकार सोबिता सिम्खडाको पहिलो साहित्यिक कृति ‘वराङ्गना’ चर्चा भएको छ । आइतबार सिम्खडाले पत्रकारसँग कुरा गर्दै ‘वराङ्गना’ दलीत युवतीको प्रेम जीवनमा आधारित कृति भएको जनाएकी छिन् । उनले भनिन्, ‘लामोे समयको अध्ययन पछि ‘वराङ्गना’ प्रकाशन गरेको छु, कृतिलाई सबैले मन पराइदिनु भएको छ जसले यस क्षेत्रमा अझ योगदान दिनसक्ने सहास थपिएको छ ।’
साहित्य क्षेत्रमा ‘वराङ्गना’को स्थान चच्च रहेको साहित्यकार अच्युत घिमिरेले बताएका छन् । उपन्यासले राम्रो उपलब्धि हासिल गरेको घिमिरेले बताए । ग्रामीण परिवेशको भाषाशैली प्रयोग गरेर लेखिएको पुस्तक सामाजिक यथार्थता चित्रण गर्न सफल भएको तर्क घिमिरेले गरे ।
पुस्तकको प्रकाशन बुलबुल पब्लिकेशन प्रालिले गरेको छ । सिम्खडाले दुई दर्जन नेपाली चलचित्रमा अभिनय गरीसकेकी छिन् ।