स्रोत र आवासको अभावमा गुज्रिदै राहसल (भिडियो सहित)

इलाम, ६ असोजः इलामको गोलाखर्कमा रहेको राहसल बाल अनाथलय स्रोत र आवासको अभावमा गुज्रिन थालेको छ । २०६८ सालमा २ जना वालबालिकाबाट शुरु भएकको अनाथलयमा अहिले १५ जना बाबालिका रहेका छन् । सानो भवन थोरै आर्थिक स्रोतमा सञ्चालमा रहेको अनाथलयमा अहिले  बालबालिका वस्नको लागि पनि समस्या हुन थालेको छ ।
हेर्नु हाेस न्युज ट्वान्टीफाेर टेलिभिजनमा प्रसारणा भएकाे भिडियाे ः

‘अनाथ बालवालिालाई  हाम्रो साथ राष्ट्रिय विकासमा महान हात’ भन्ने नाराका साथ इलाम नगरपालिका वडा नं.–९ गोलाखर्कमा स्थापना भएको श्री राहसल बाल अनाथलय स्थानीय राजेन्द्र चौहानले संस्थाकै नाममा आठ रोपनी जग्गा निशुल्क दान गरी जिल्ला प्रशासन कार्यालय इलामको सिफारिसमा महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय काठमाण्डौको स्विकृतिमा जिल्ला प्रशासन कार्यालय  इलाममा विधिवत् रुपमा संस्था दर्ता भई सञ्चालन भइ रहेको छ ।
राहासल नितान्त सेवा प्रदान गर्ने एक परोपकार संस्था हो । यसले अनाथ असहाय तथा दुःखमा परेका सिमित वालवालिकाहरुलाई आफ्नै भवनमा राखी उनिहरुको रेखदेख खानपान बसोवास देखि शिक्षा स्वास्थ्य सवै कुराको वन्दोव्यवस्था गर्दै आइरहेको छ । संस्थामा दिनप्रतिदिनजसो अनाथ वालवालिकाहरुको संख्या बढिरहेको छ ।  अन्य क्षेत्र, संघ संस्था, कार्यलय मार्पmत अनाथालयमा बाल बालिका राखिदिन अनुरोध भइ रहेको छ । त्यसैले स्रोतको उचित ब्यबस्थापन भए अन्य धेरै अनाथ ,असाहाय र दूःखमा परेका पिडित बालवालिका हरुको समेत पुर्नस्थापना गरी देशको योग्य नागरिक बनाउन सहयोग पुग्ने थियो ।  अफुहरु यस अनाथयलाई आश्रम मात्र हैन एउटा घरकको रुपमा स्थापना गर्न सदा लागिरहने र विभिन्न समस्याहरु पर्दा पनि पछि नहट्ने अनाथालयका अध्यक्ष राजेन्द्र चौहान बताउँनु हुन्छ ।
यहाँ आएर आश्रयमा वसेका वालवालिकाहरु आफुहरु खुसी रहेको र एउटै परिवार रहेको भन्दै खुसी रहेका छन् । स्वास्थ्य, शिक्षा, खेलकुद , मनोरञ्जन र खानपानको राम्रो व्यवस्था रहेको छ   । अफुहरुको स्वास्थ्य, शिक्षा, आभासमा कुनै कमि कम्जोरी नरहेकाको उनिहहरु बताउँछन् ।
विभिन्न स्थानबाट आएर सहयोग गर्दै चलेको अनाथलयमा देख्दा स्थानीय आफुहरु पनि यहाँ अएको र सहयोग गर्न मन लागेको पूर्व एआजी पञ्कज श्रेष्ठ बताउँनु हुन्छ । उहाँले भन्नु भयो  विभिन्न समस्याका वावजुद यसरी अनाथलय सञ्चालन गर्नु उहाँहरुको उपलव्धि हो यसलाई सहयोगको लागि आफु सधै लागि पर्ने छु ।
यस आश्रमा रहेको बालबालिकाको शिक्षाको लागि नजिकै रहेको सुनाखरी वोडिङ स्कुलले ८ जना बालबालिकालाई निशुल्क अध्यपन गराई रहेको छ । अफुहरुले बालबालिकालाई निशुल्क पठाउँदा खुसि मल्निे र अश्रमलाई केही सहयोग पुग्ने भएकाले पनि उनिहलाई राम्रो सँग पठनपाठन गराएर सुनौलो भविष्यको लागि विद्यालयले सहयोग गरको विद्यालयका सञ्चालक कमल चौहान बताउनु हुन्छ । 
यस अनाथलयमा रहेका बालबालिका लागि विभिन्न सहयोगी मनहरुले अभिवाकत्व दिदै शिक्षाको बन्दो व्यवस्था पनि गरिदिएका छन् । अनाथलयमा रहेका ६ जना बालबालिकको एस.ई.ई सम्मको शिक्षाको जिम्मेवारी लिएका छन् । इलाम टी हाउसका हरि गुरुङले अनाथलयमा रहेको ३ जना बालबलिकाको जिम्मा लिएकाछन् त्यस्तै इलामकै प्रविण श्रेष्ठ ३ जना र चन्द्र राईले एक एक जनाको जिम्मा लिएका छन् । आफु यस आश्रममा आए पछि बालबालिका सँग भावनात्मक सम्वन्ध भएको र उनिहरुलाई केही सहयो गरौ भन्ने भावनाका साथ आफुले आश्रमा रहेकी अरुणा राईको सम्पूर्ण अभिभावकत्व जिम्मा लिएको चन्द्र राई वताउँनु हुन्छ । भविष्यमा यस आश्रमलाई व्यवस्थित पर्न आफु लागिपर्ने पनि उहाँ वताउँनु हुन्छ ।
अहिले अनाथलयमा  अनाथालयमा १५ जना वालवालिकाहरु रहेका छन् । स्रोतको उचित ब्यबस्थापन भए अन्य धेरै अनाथ ,असाहाय र दूःखमा परेका पिडित बालवालिकाहरुको सस्थाले संरक्षण गर्न सक्नेछ । संस्थामा हाल ८ रोपनी क्षेत्रफल जग्गा, एघार लाख पचास हजार अक्षयकोष, १ सानो पक्की भवन,१ भान्सा घर, ट्वाइलेट वाथरुम, रहेको छ भने एक माउ गाई पनि पालेको छ । 
अहिले आएर अनाथलयमा जन्मदिन, विवाह वर्षगाठ, र अन्य अवसरमा पनि सहयोगी मनहरु अएर सयोग गर्न आउने गरेका छन् । संस्थामा थप अनाथ वालवालिकाहरु राख्नको लागि आर्थिक स्रोतको अभाव तथा भवनको अभाव रहेको छ । अर्थिकस्रोतको व्यवस्था गरेर अश्रमलाई व्यवस्थित बनाउने हो भने अन्य कयौँ वेसाहारा भएका बालबालिकाले साहारा पाउने कुनै दुई महत छैन । यस्तो पुन्य काममा सवैजना हातेमालो गरेर सयहयोग गर्ने हो भने कुनै कुराको पनि असम्भव भने छैन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता