
‘लिम्बु जातिहरु जुनसुकै धर्म र संस्कृतिमा रहे पनि पहिलो लिम्बू हौ भन्ने नबिर्सौ सन्देश बोकेका यस भिडियोमा लिम्बू सस्कारको सभ्यतादेखि किराँती सभ्यता सम्मलाई जोडेर बनाइएको छ । भिडियो निर्माण हुन अगावै लाखौ श्रोताहरुले अत्याधिक रुचाइएको लिम्बू भाषको गीत ‘मिम्मे लुङमा हिम्ले…’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गीतमा मायाप्रीतिका कुरा छन्, तर पनि पछिल्ला दिनमा लिम्बू समाजमा धर्मसंस्कारको विवादले विभाजनको स्थितिमा पुगेको कुरालाई दृश्याङ्कन गर्न खोजिएको छ ।
नेपालको पुर्वी पहाडकी रानी नै मानिएको ईलामको सुर्योदय, श्रीअन्तु, भारतको सीमा क्षेत्रको रमणीय स्थानमा भिडियो छायांकन गरिएको हो ।
गितकार को दुनियाँमा उदाउँदै गरेका जनम रोमियो लिङ्दमको रचना, र लोकप्रिय संगीतकार संगीत आङ्खेवा लिम्बू को संगीत रहेको छ भने यो गीतम गायिका गंगा फियाक र गायक निशान लिम्बू ले गाएका हुन् ।
यस भिडियोमा चर्चित मोडल दिप केरुङ लिम्बू र संगीता लावती, विष्णु आङ्बुहाङ, अभिषेक लिम्बू, जिबन सिङ्घक लिम्बू, निरा जबेगु, कन्चन इधिङ्गो, सपना तामाङ लगायतको अभिनय रहेको छ।
र यस गितमा रवि सेर्मा (रनवीर लिम्बू)को निर्देशनमा भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, कृष्ण सुवेदीको श्रृङ्गार रहेको छ ।
भिडियाे हेर्नुहाेस्