आजको राशिफलः कुन राशि भएकालाई कस्तो फल हेर्नुस्

२०७५/0६/१९ गते शुक्रबार, आश्विन कृष्ण एकादशी ,सूर्योदय विहान ५ः५८ ,सूर्यास्त बेलुकी ५ः४६, नक्षत्रः अश्लेषा,योगः सिद्ध,करणःबव,चन्द्र राशिः कर्कट

मेषः नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ  । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ ।
बृषः विगतका समस्या बल्झिन सक्छन भ्रमणमा समय मात्र बित्न सक्छ।  स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
मिथुनः बाध्यताले पिरोल्न सक्छ ,रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। व्यावसायिक यात्रा सम्भावना छ ।
कर्कटः  संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन्  प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।
सिंहः  पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ ।
कन्याः  मान्यजनसँग असमझदारी बढ्न सक्छ  विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ ।
तुलाः  राम्रो फाइदा उठाउन सकिनेछ  व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ प्रशस्त धन आर्जन गर्ने मौका छ ।
बृश्चिकः  ठूलो काम सम्पादन हुनेछ  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
धनुः इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन ।
मकरः खर्च मात्र हुनेछ प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्  खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला ।
कुम्भः  उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा फाइदाभन्दा खर्च बढी हुन सक्छ।
मीनः  मातापिताको सहयोग प्राप्त होला अरूलाई प्रभावित पारेर काम बनाउने समय छ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता