इलाम बुद्दिचाल च्याम्पियन सुरेन्द्र राइ

इलाम जिल्ला स्तरिय रेटिङ तथा जिल्ला छ्नौट प्रतियोगिता सम्पन्न  भएको छ । इलाम जिल्ला बुद्दिचाल र जिल्ला खेलकुद विकास समिती इलामको आयोजनामा भएको प्रतियोगितामा  ३२ जनाको सहभागिता रहेको थिए । विजयहरुलाइ छ्नौट गरि नगर, ट्रफि तथा प्रमाणपत्र  र दोसल्ला सहित पुरस्कृत तथा सम्मान गरिएको थियो । प्रतियोगिताबाट सुरेन्द्र कुमार राई, इलाम न.पा. ६/२५ अंक सहित जिल्ला च्याम्पिएन त्यसैगरी तिर्थमान राई , इलाम न.पा. ६/२५ दोस्रो , भिम योङहाङ फाकफोकथुम ५/२३.५ तेस्रो भएका छन् । त्यसै गरि अन्य विधा अन्तर्गत उत्कृष्ट अनरेटेडमा ५/२२ अंक सहित डा.सुवास अधिकारी देउमाइ न.पा., उत्कृष्ट क्याम्पस सरोज सेन्दाङ लिम्बू ५/२९-म.र.ब क्याम्पस, उत्कृष्ट क्याम्पस छात्रा मौसमी राई ३/११- म.र.ब. क्याम्पस, उत्कृष्ट स्कुल शुभ निरौला ४/१३-हेरिटेज नेशनल एकेडेमी, उत्कृष्ट स्कुल छात्रा दिया तामाङ ३/१२ जुविलेन्ट इलाइट एकेडेमी र १८ बर्ष उमेर समुहको उत्कृष्ट योगेश राई ३.५/१३.५ वि.वि. मेमोरियल भएका छ्न । त्यसैगरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा इलामवाट प्रदेशमा इलामको तर्फबाट सहभागी हुनको लागि सुरेन्द्र कुमार राई र भिम योङहाङ छनौट भएका छ्न ।

जुविलेन्ट इलाइट एकेडेमीमा मंसिर २८ र २९ गते भएको प्रतियोगितामा इलामका अन्तर्राष्ट्रिय रेटेड खेलाडी ७ जना, विद्यार्थी १३ जना र अन्य १३ जना खेलाडीको सहभागी रहेको छ । प्रतियोगितामा बुद्दिचाल संघका अध्यक्ष याम प्रसाद लिम्बुको अध्यक्षता, जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश प्रसाद बरालको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिती अध्यक्ष बृहस्पति उपरकुटिको विशेष आतिथ्यता रहेको थियो भने राष्ट्रिय आर्वीटर हर्कराज राइले आरवीटर गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा खेलकुद विकास समिती सदस्य गणेश प्रसाद खतिवडा, कृकेट संघ अध्यक्ष मनबहादुर राई, फुटबल संघ अध्यक्ष महेश श्रेष्ठ  र उसु संघ अध्यक्ष भिम पौडेल, जुविलेन्ट इलाइट एकेडेमी प्रीन्सिपल भुषण सुब्बा लगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता