करेन्ट लागेर मृत्यु

पोखरा, २ पुस (रासस)  पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 
नयाँ घरमा काम गर्ने क्रममा पाल्पा घर भई काहुँखोलास्थित सोल्टी मेटलमा काम गर्दै आएका २२ वर्षीय केशव थापा मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । अचानक करेन्ट लागेर घाइते भएका मगरको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता