रोङ गाउपालिकामा अभिमुखीकरण तालिम सम्पन्न


  • गोबिन्द पौडेल

रोङ ९ पुस:  रोङ गाउपालिकामा रहेका विद्यालयहरुले विद्यालयमा रहेका विवरणहरुलाई चुस्त दुरुस्त गराउनको लागि एकदिने अभिमुखीकरण तालिम सोमबार सम्पन्न गरिएको छ ।
रोङ गाउपालिका शिक्षा शाखाको आयोजना गरेको कार्यक्रममा रोङ गाउपालिका भित्र रहेका सबै माध्यामिक तथा आधारभुत विद्यालयमा कम्प्युटर चलाउने शिक्षक र कर्मचारीहरुको सहभागिता रहेको थियो । विद्यालयले विद्यालयमा भएको विवरणहरु भर्दा सहि र तथ्यपरक भएमा विद्यालयको सबै पक्षको मुल्याङ्कन गर्न सहज हुने र बिद्यालयको शैक्षिक स्तरको समेत मुल्याङ्कन तथा अभिलेखीकरण गर्न सजिलो हुने भएकाले विद्यालयमा कम्प्युटर सम्वन्धि काम आएका शिक्षक र कर्मचारीहरुको लागि उक्त अभिमुखिकरण तालिम गरिएको हो ।  रोङ ४ को सरस्वती माध्यमिक विद्यालयकी रोङ शिक्षा शाखाका प्रमुख राधिका घिमिरेले सहजीकरण गरको सो तालिममा रोङ गाउपालिका भित्र रहेका मा.बि र कक्षा ८ सम्म चलेका आधारभुत विद्यालयहरुका शिक्षक तथा कर्मचारीहरुगरि दश जनाको सशभागिता रहेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता