झापामा जेसिबीको अगाडि भागले थिचिँदा सहचालकको मृत्यु

झापा, १७ चैतः  झापामा बाटो खन्न प्रयोग गरिएको जेसिबीको अगाडिको मेसिनले च्यापिँदा सहचालकको मृत्यु भएको छ। बाटो खन्न प्रयोग गरिएको बा १ क ५३७६ नम्बरको जेसिबीको मसिनमा च्यापिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका १० धाइजनका २१ वर्षीय विक्रम राजवंशी रहेका छन् । शनिबार साँझ चालकले जेसिबी प्रयोग गरी तेलको ड्रम उठाउने क्रममा सोही जेसिबीका सहचालक राजवंशीको टाउको मेसिनको अगाडि भागले थिचिँदा घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएका छ । जेसिबी चालक फरार रहेकाले उनको खोजी भइरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता