
झापा, २५ बैशाखः नहरमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ४ बस्ने ७० वर्षीया दीपामाया गौतम रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीका अनुसार कनकाई सिंचाइ आयोजनाअन्तर्गत शिवसताक्षी नगरपालिका १० स्थित दोमुखा नजिकैको नहरको ड्याममा डुबेर वृद्धाको मृत्यु भएको हो।
कसरी डुबेर मृत्यु भएको हो भन्ने कारण भने खुल्न सकेको छैन । शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।