इलामको रोङको शान्ति निकेतनमा गणतन्त्र दिवस


  •  गोबिन्द पौडेल 

रोङ, १६ जेठः रोङ ३ मा रहेको शान्ति निकेतन माध्यामिक विद्यालयमा  बुधबार गणतन्त्र दिवस मनाइएको छ ।
मुलुकमा राजतन्त्र हटेर जनताकोलागि गणतन्त्रतान्त्रिक ब्यवस्थाको शुरुआत भएको दिनको रुपमा मनाइने गणतन्त्र दिवसमा बिद्यालयमा अन्तर सदनात्मक र अन्तर तहगत रुपमा अंग्रेजी नेपाली दुबै भाषामा बक्तित्व प्रतियोगिता संचालन गरियो । 
माध्यामिक तहको लागि अंग्रेजीमा जंक फुडबाट हुने स्वास्थ्यमा बेफाइदा र नेपालीमा लागू पर्दाको बेफाइदा शिषर््ाकमा बिद्याथीहरुले बोलेका थिए । यसैगरि आधारभूत तहकोलागि अंग्रेजीमा खेलकुदको महत्व र  अंगैजीमा बनजंगलको महतव बारेमा बिद्याथीहरुले बोलेका थिए । 
प्रतियोगीताको मा.बि अंगैजीमा स्र्पष राई प्रथम, चन्द्र प्रकास लामिछाने दोश्रो र प्रकृति सुनुवार तेश्रो भएका थिए । नेपालीमा क्रमशः सिमरम राई, प्रसन भूजेल र गिता लाम्गादे पहिलो, दोस्रो र तेस्रो भएका थिए । यसैगरि आधारभूत तहमा अंग्रेजीमा प्रज्ञा राइ प्रथम, निश्चल सुबेदी दोश्रो र संजिवनी भूजेल तेश्रो भएका थिए भने नेपालीमा निश्चल भूजेल प्रथम, दिया केसी दोश्रो र युवराज ठटाल तेश्रो भएका थिए । बिद्यालयका प्रधानाध्यापक हेमज्न्त आचार्यको अध्यक्षतामा बिद्यालयका क्याप्टेनप्रश्ना राइले संचालन गरेको सो प्रतियोगितामा अंग्रेजी बिषयमा शिक्षकहरु भूपाल खड्का र मेघनाथ गड्तौला र नेपालीमा खडानन्द ढुङ्गाना र इश्वरी निरौलाले मुल्याङ्गन गरेक थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता