उद्योग वणिज्य संघ इलाममा चरम राजनीति, व्यासायिको हितमा कहिले काम भएन

इलाम, २५ बैशाखः इलाम उद्योग वाणिज्य संघको आठौँ जिल्ला अधिवेशनका लागि नेतृत्व चयनमा पार्टीगत रुपमा प्यानल सहितको उम्मेद्वारी घोषणा गरिएको छ । यस अघिका चुनावमा  पार्टीगत रुपमा चुनब हुने थिएन तर यस वर्षवाट वाणिज्य संघमा पनि पार्टीगत रुपमा प्यानल घोषणा गरिएको छ । नेकपा निकटका ब्यवसायी र नेपाली कांग्रेसका ब्यवसायी दुवै पक्षले आ–आफ्नै प्यानलको उम्मेद्वारी घोषणा गरेका हुन् । 
नेकपाको तर्फबाट प्रगतिशिल तथा समावेशी ब्यवसायीहरुको साझा समूह भन्दै देवेन्द्र शंकरको अध्यक्षतामा पदाधिकारीहरुको घोषणा गरेको छ । त्यस्तै नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक इश्वर चिपालुको अध्यक्षतामा उद्योगी ब्यवसायीहरु उम्मेद्वारी घोषणा गरिएको छ । 
शंकरको अध्यक्षतामा सार्वजनिक गरिएको बरिष्ठ उपाध्यक्षमा भक्तबहादुर लुङ्गेली, वणिज्य उपाध्यक्षमा भगिरथ कट्टेल, उद्योग उपाध्यक्षमा प्रविण श्रेष्ठ र महिला उपाध्यक्षमा कमला बाँस्कोटाको उम्मेद्वारी घोषणा गरिएको छ । त्यस्तै महासचिव प्रकाश चापागाइँ, सचिव केशव खनाल र कोषाध्यक्ष दिब्या भट्टराईलाई उम्मेद्वार बनाइएको छ । खुल्ला सदस्यमा रेशम बराइली, लालबहादुर लिम्बू, नेत्रप्रसाद पोख्रेल, ठाकुरप्रसाद कट्टेल र चन्द्रबहादुर निरौलालाई उठाइएको छ । महिला सदस्यहरुमा कौशिला राई, गंगा उप्रेती र रमादेवी थापा पराजुलीलाई उम्मेद्वार बनाइएको छ । 
चिपालुको नेतृत्वको समूहबाट वरिष्ट उपाध्यक्षमा कृष्ण पौडेल, प्रथम उपाध्यक्षमा दीपेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मदन श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा सुबेदी, महासचिवमा निर्माण हेमन्त गौतम, सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराजले उम्मेदवारी दिने भएका छन् । त्यस्तै सदस्यहरूमा कर्णबहादुर साम्पाङ, देवी पौडेल, सुमन सुबेदी, बालकुमार श्रेष्ठ, सुमन दास, खिना बस्नेत, देवी निरौला र दिपा गुरुङले उम्मेद्वारी दिने वताइएको छ । 
नेकपा निकट प्यानलले ४२ बुदे घोषणापत्र जारी गर्दै प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । उद्योगी र ब्यवसायीहरुको पक्षमा काम गर्ने साथै जिल्लामा ठुलो मात्रामा लगानी भित्रियाउन काम गर्ने अध्यक्ष पदका प्रत्यासी शंकरको भनाई छ । कृषिजन्य तथा पशुजन्य वस्तुहरुको उत्पादनलाई प्राथमिकतामा राखी उत्पादित वस्तुहरुको मुल्य श्रृङ्खला गर्न उत्पादकहरुलाई जोड दिइने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ । 
कांग्रेस निकटको प्यानलले समेत जिल्लमा रहेका कृषि, उद्योग धन्दा, पर्यटन, ब्यापार वाणिज्य जस्ता ब्यवसायीहरुलाई एक आपसमा समन्वय गराई जिल्लाको समग्र विकासमा समन्वय गर्ने अध्यक्ष पदका उम्मेद्वार चिपालुले वताए ।
सबै उम्मेद्वारहरू ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरिरहेका र आगामी दिनमा उनीहरूबाट ब्यवसायी तथा इलामको ब्यापार ब्यवसायकै विकासमा काम गर्ने भएकाले यो समूहले अधिवेशनमार्पmत संघका सम्पूर्ण सदस्यहरूको साथ पाउने पनि उनको दावी छ ।
यता व्यवसायीहरुले भने उद्योग वाणिज्य संघ चुनाबको समयमा मात्र सलबलाउने गरेको साथै व्यवसायिको हितमा कुनै पनि काम नगरेको आरोप लगाउदै आएका छन् । इलामबजारको खस्कदो अवस्थामा पनि वाणिज्य संघले अहिले सम्म कुनै काम नगरेको आरोप पनि लगाएका छन् । व्यवसायीहरुको हितमा कामगर्नको लागि बनाईएको संघठनमा नै यसरी चरम राजनीति भए पछि जुनसुकै नेतृत्व आए पनि व्यवसायिको हितमा काम नगर्ने पनि एक व्यवसायिले वताए उनले भने आफ्नो पार्टी  र संघठन निकट भएर चुनव जिते भपछि उसबाट हामीले कस्तो आशा राख्न सक्छौँ र ? 
इलाम उद्योग वाणिज्य संघअन्तर्गतका एक हजार एकसय ६४, माई नगरपालिका शाखा अन्तर्गतका ७० र देऊमाई नगर शाखाअन्तर्गतका ५९ जना वाणिज्य संघमा आवद्ध ब्यवसायीहरु छन् । दुवैतर्फका ब्यवसायीहरुले आ–आफ्नै जित हुने दावी गरेका छन् ।
चिपालु बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन भने शंकर कोषाध्यक्ष हुन् । इलाम उद्योग वाणिज्य संघमा संस्थापक अध्यक्ष कुबेरप्रसाद वैद्यसहित हालसम्म सात जनाले नेतृत्व गरिसकेका छन् । अव वाणिज्य संघले नयाँ नेतृत्व चयन गर्ने छ । वाणिज्य संघको जिल्ला अधिवेशन आगामी बैशाख २८ गर्ते गर्ने निर्णय गरिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता