
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठोक्किँदा मृत्यु भएका पाँच जना मध्ये ३ जनाको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको हाे ।
बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन । गएराति १०.१५ बजे खरकट्टा जंगल स्थित पूर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं।को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नंम्बरकाे कार एक आपसमा ठक्कर जाँदा कारमा सवार पाँचै जनाको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा बिहान १.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ । ट्रक र कार प्रहरीको नियन्त्रणमा रहेको छ । न्युज २४ बाट साभार