नमिन ढकाललाई महेश कार्की स्मृती माईभ्याली पत्रकारिता पुरस्कार

इलाम, २९ कार्तिकः  इलामबाट खेलकुद पत्रकारिता गरिरहेका पत्रकार  नमीन ढकाललाई यस बर्षको महेश कार्की स्मृती माईभ्याली खेल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रर्वद्धन गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै माईभ्याली फुटबल क्लबले नगद १५ हजार सहित सम्मान गरेको हो । ढकाललाई क्लबको चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा ढकाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले नगद १५ हजार सहित सम्मानपत्र प्रदान गरे ।
माइला ब्रो कन्स्ट्रक्सनका प्रोपाइटर निरोज चौहानले पुरस्कार बापतको नगद रकम उपलव्ध गराएका हुन । ढकाल थाहा खबर, स्थानिय सन्देश साप्ताहिक, लोकल सन्देश डटकम, सुर्योदय टेलिभिजन लगायतका विभिन्न संचारमाध्यममा कार्यरत रहेका छन् । क्लबका सदस्य महेश कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्मृतीमा २०७३ सालबाट इलाम जिल्लामा रहेर खेलकुद पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई प्रदान गरिँदै आएको छ । यस अघि विप्लब भट्टराई र भिम चापागाई खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । माईभ्याली फुटबल क्लबले हरेक बर्ष आयोजना गर्ने माईभ्याली गोल्डकपको अवसर प्रदान गरिदै आएको पुरस्कार पहिलो पटक अधिवेशनका क्रममा प्रदान गरिएको हो । आज नै क्लबको नयाँ कार्य समिती समेत चयन गरिने छ ।
क्लबका अध्यक्ष धिरेन चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले अनुशासन र स्वास्थ्य जनशक्ती उत्पादनमा खेलकुद क्षेत्रले महत्वपुर्ण भुमीका खेल्ने बताए । उनले खेल क्षेत्रबाटै जिवननिर्वाह र मुलुक विकास निम्ती योगदान दिने सक्ने बनाउनका लागी ३ तहका सरकारले साधन स्रोत व्यवस्थापन गर्नु पर्ने बताए । त्यसैगरी कार्यक्रममा अतिथी अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य निरोज खड्गीले मोफसलको गोल्डकप नियमनका लागी बनाइने कार्यविधीमा केही परिमार्जनका साथै व्यस्थापनमा एन्फाले काम अगाडी बढाइरहेको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता