कञ्चनपुरको लालझाडी गाउँपालिकाका २ जनामा कोरोना पोजिटिभ


बेलौरी कञ्चनपुर , १३ जेठ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र अन्तरगत लालझाडी गाउँपालिका वडा नम्बर ६ रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका दुई जनामा आरडिटी टेष्ट पोजिटिभ देखिएको छ ।
आज ९मंगलबार० गाउँपालिकाले गरेको आरडिटी परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलाराम चौधरीले बताउनुभयो । उहाँका अनुसार दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको हो ।
केही समय अघि भारतबाट फर्किएका २० र ३० बर्षिया युवकमा आरडिटी पोजिटिभ देखिएपछि उनीहरुलाई प्रहरीको निगरानी सहित विशेष कक्षमा छुट्टै राखिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताउनुभयो ।
उनीहरू गत बैशाख ३१ गते भारतको हरियाणा बाट आएको समेत प्रहरी निरीक्षक चन्दले बताउनुभयो। आरडिटी पोजेटिभ देखिएपछि थप पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलनको गरिएको छ ।
लालझाडी गाउपालिकाका अध्यक्ष मदन सेन बडायकले समाजिक दुरी कायम गर्दै नेपाल सरकारले गरेको लकडाउनको पुर्ण रुपमा पालना गर्न सम्पूर्ण गाउँवासीमा अनुरोध गर्नुभएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता