कपिलवस्तुको कृष्णनगर नगरपालिकामा थप १७ जनामा कोरोना पुष्टि


काठमाडौं, २२ जेठ । कपिलवस्तु जिल्लामा विहीबार साँझ थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संखया ४ सय ३१ जना पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ का १९ र २३ वर्षीय पुरुष, वडा नम्बर ६ का १८, २३, २८, ५० र ५२ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, सोही नगरपालिकाका वडा नम्बर ७ का १९ वर्षीय पुरुष, वडा नम्बर १० का १७, १८, २२, २३, २८, ३०, ३२ र ४० वर्षका पुरुष र वडा नम्बर ११ का ३६ वर्षीय गरी कुल १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता