
इलाम, १३ असारः इलाम नगरपालिकाले माइभ्याली गोल्डकपमा दोस्रो भएको इलामको आयोजक क्लवका खेलाडीहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । शुक्रबाट इलाम नगरपालिकाको कार्यालयमा आयोजना भएको कार्यक्रममा क्लवबा खेलाडीहरुलाई एकमुष्ट १ लाख ३५ हजार (कर सहित) नगत पुरस्कार र सम्मान पत्र दिएर नगरप्रमुख महेश वस्नेतले सम्मान गरेका थिए ।
इलाममा वर्षेनी सञ्चालन हुँदै आएको माइभ्याली गोल्डकपमा छैटौँ संस्करणमा आएर आयोजक क्लव दोस्रो भएको र यसमा खेलाडीहरुलाई प्रोत्सानका लागि नगरपालिकाले दिएको सम्मान र नगद पुरस्कारले आफुहरु अझै उत्साहीत भएको क्लवका अध्यक्ष धिरेन चेम्जोङले वताए ।