कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा


काठमाडौं, १३ असार । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो ।
कोष सञ्चालक समितिका अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी रुपैयाँ दिने निर्णय गरेको हो ।
सरकारले लगातार करोडौं रुपैयाँ निकासा गरे पनि प्रदेश तथा स्थानीय तहमा कोरोना रोकथाम नियन्त्रण भने प्रभावकारी बन्न सकेको छैन भने क्वारेन्टिनसमेत अव्यवस्थित छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता