यही अवस्था रहे नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजारसम्म पुग्नसक्छ : स्वास्थ्यमन्त्री


काठमाडौं, २७ साउन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यही अवस्था रहे नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजारसम्म पुग्ने प्रक्षेण गर्नुभएको छ । उहाँले अहिले नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्मकै उच्च वृद्धिदर र जोखिम पनि उत्तिकै रहेको बताउदै संक्रमित ९१ हजारसम्म पुग्ने अनुमान गर्नुभएको हो ।

परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्नेक्रममा २५ देखि भाद्र २ सम्म कोरोना उच्च जोखिम हुने बिज्ञहरुले बताएको बताउनुभयो । यद्यपि सरकार सामान्य स्थिती कामय गर्न भरपुर लागि परेको बताउनुभएको छ । यदी सामान्य अवस्था रहे संक्रमितकाे संख्या ३९ हजारसम्म मात्रै पुग्ने बताउनु भएको छ । उहाँले जस्तोसुकै अवस्थामा कोरोना संक्रमितको उपचार सरकारले गर्ने र त्यसको नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भन्नुभयो- ‘हालसम्म नेपालका करीब २४ हजार संक्रमित रहेका छन्, कोरोना नियन्त्रणमा सरकार लागिरहेको छ।’  उहाँले असार १९ गते ४४ सय ८३ पीसीआर गर्दा ७४० कोरोना संक्रमित अहिलेसम्म धेरै भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘डिस्चार्ज भएका पनि ७३ प्रतिशतबाट घट्ने क्रममा रहेका छन् । सुरुबाटै पोजेटिभ केस थोरै देखिए पनि त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ। तर, मलाई लाग्छ सरकारले कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको छ ।’

पछिल्लो समय सबैभन्दा धेरै १० हजार ७ सय ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले पछिल्लो २ दिनको संक्रमित दरले नकारात्मक संकेत गरेकोसमेत जानकारी दिनुभएको छ ।

उहाँले बिश्वभर कोरोना संक्रमितको नयाँ संक्रमित दर तीव्र रुपमा नबढेको स्पष्ट पार्नुभएको छ । उहाँले नेपालको स्थितीमा पनि पहिले जहाँ कोरोनाको संक्रमण पाइएको थियो त्यहाँ बाहेक अन्य ठाउँमा संक्रमणको स्थिती सामान्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘विश्वलाई नियाल्दा पहिले भयावह भएको ठाउँमा फेरि बढेको रेकड छैन, हिजो जहाँ झिल्को देखिएको थियो त्यही डडेलो देखिएको छ। जस्तो उदाहरणका लागि विरगञ्ज, नेपालगञ्ज लगायतको क्षेत्रलाई लिन सक्छौँ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment