मालपोत कार्यालय उदयपुरका ६ कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण


उदयपुर,२७ साउन । मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुर प्रमुख मोहन सुबेदीका अनुसार त्रियुगा नगरपालिकाका ८ जना र बेलका नगरपालिकाका ७ जनामा कोरोना पुष्टी भएको हो।

संक्रमित हुने मालपोत कार्यालयका २६, ३२, ३८, ४२ र ४४ वर्षीय पुरुष र ३२ वर्षीया महिला कर्मचारी रहेका छन् । मालपोत कार्यालयका कर्मचारी कै परिवारका ३० र ६२ वर्षीया महिला पनि संक्रमित भएको जिल्ला स्वास्थ्य प्रमुख सुबेदीले जानकारी दिनुभयो ।

यस्तै बेलका नगरपालिका ९ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुक ३ जना पुरुष र ४ महिला रहेका छन् । संक्रमित हुनेहरुमा १८, ३१ र ६८ वर्षीय पुरुष रहेका छन् भने १७, २०, २० र ६० वर्षीया महिला रहेका छन् । बेलका नगरपालिकामा देखिएका संक्रमित सबै समुदाय स्तरकै भएको स्वास्थ्य प्रमुख सुबेदीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment